वेल्सका विंगर जेम्स युनाईटेडमा अनुबन्धित

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले वेल्सका युवा विंगर ड्यानियल जेम्सलाई अनुबन्ध गरेको छ ।  युनाईटेडले बुधबार जेम्ससंग अनुबन्ध सम्झौतामा हस्ताक्षर गरेको छ ।

स्वान्सी सिटीका विंगर जेम्सलाई युनाईटेडले पाँच बर्षको लागि अनुबन्ध गरेको हो । जेम्सलाई युनाईटेडले १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले सिजनको पहिलो खेलाडीको रुपमा जेम्सलाई भित्र्याएका हुन् ।

२१ बर्ष जेम्सले यस सिजन स्वान्सीबाट ३८ खेलमा ५ गोल गरेका थिए । युनाईटेडमा अनुबन्ध भएपछि बोल्दै जेम्सले आजको दिन आफ्नो लागि जीवनकै सबैभन्दा राम्रो दिन रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...