रफाइल नदालले १२ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते

काठमाडौं । स्पेनिस खेलाडी रफाइल नदालले कीर्तिमानी १२ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसको रोलाँ ग्यारोमा गएराति भएको फाइनलमा अस्ट्रियाका डोमिनिक थियामलाई ३–१ को सेटमा हराउँदै नदालले उपाधि जितेका हुन ।

थियाम विरुद्धको खेल नदालले ६–३, ५–७, ६–१ र ६–१ को सेटमा जिते । दोस्रो वरियताका नदालले लगातार तेस्रो बर्ष फ्रेन्च ओपन जितेका हुन् ।

क्ले कोर्ट किङको उपनाम पाएका नदालका लागि यो कीर्तिमानी १२ औं फ्रेन्च ओपनको उपाधि हो भने करियरमा १८ औं ग्राण्ड–स्लाम उपाधि हो ।

उनी सर्वाधिक ग्रान्ड–स्लाम जित्ने स्विस खेलाडी रोजर फेडेररको कीर्तिमानभन्दा २ उपाधि मात्रै टाढा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...