वेष्ट इण्डिजको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात

एजेन्सी । वेष्ट इण्डिजले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले सुखद सुरुवात गरेको हो ।

इंग्ल्याण्डको नटिङघममा पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इण्डिजको जितमा क्रिस गेलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निकोलस पुरनले अविजित ३४ तथा शिम्रोम हिटमायरले अविजित ७ रन बनाए । साई होपले ११ रन जोड्दा डरेन ब्राभो सुन्य रनमा आउट भए ।

पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २१ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो । निकै खराब ब्याटिङ प्रदर्शन गरेको पाकिस्तानका लागि फखर जमान र बाबर आजमले समान २२/२२ रन जोडे । यस्तै वाहब रियाजले १८ तथा मोहमद हाफिजले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्न वेष्ट इण्डिजका ओसुमाने थोमसले २७ रन खर्चेर ४ विकेट लिए । यस्तै जासन होल्डरले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए ।जितसंगै वेष्ट इण्डिजले २ अंक जोडेको छ । पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।  यसअघि उद्घाटन खेलमा इंग्ल्याण्डले विजयी सुरुवात गरिसकेको छ । इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...