विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा को - को भिड्दैछन् ?

काठमाडौं । विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज (बिहिबार) बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ ।

विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीचको खेल नेपाली समय अनुसार ३: १५ मा सुरु हुनेछ । आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले एकदिवसीय वरियताको शीर्ष स्थानको इंग्ल्याण्ड र तेस्रो स्थानको दक्षिण अफ्रीकाबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

११ औं संस्करणको विश्वकप सकिदा दुवै टोलीले एकदिवसीय विश्वकप जित्न सकेका छैनन् । यद्दपि इंग्ल्याण्डले ३ पटक फाइनल खेलिसकेको छ । दक्षिण अफ्रिकाले भने फाइनल यात्रा तय गर्न सकेको छैन । गत संस्करणको विश्वकपमा इंग्ल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो भने अफ्रिका सेमिफाइनलमा अभागी साबित भएको थियो ।

घरेलु मैदान दि ओभलमा इंग्ल्याण्डले सन् २०१५ देखि कुनै एकदिवसीय खेल हारेको छैन । इंग्ल्याण्ड त्यस जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछन् । यता, दक्षिण अफ्रीका पहिलो खेलमा बलियो इंग्ल्याण्डलाई हराएर विश्वकप यात्रा तय गर्न चाहन्छ ।

विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डका कप्तान इयान मोर्गनले खेल्ने नखेल्ने दुविधा रहेको छ । तर, अभ्यासको क्रममा औलाको चोट बोकेका मोर्गनले पहिलो खेल खेल्ने सम्भावना उच्च रहेको छ । यता, दक्षिण अफ्रिकाका अनुभवी फास्ट बलर डेल स्टेन चोटका कारण खेल्ने छैनन् । एजेन्सी । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...