सामूदायिक विद्यालयका शिक्षकको सरुवा खुल्ला (सुचनासहित)

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै जिल्लाका सामूदायिक विद्यालयका शिक्षकको सरुवा खुल्ला गरेको छ ।

विभागले गत चैत ११ गते अर्को निर्णय नभएसम्मका लागि शिक्षक सरुवा नगर्न सम्बन्धित जिल्लालाई परिपत्र गरेको थियो । तर आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएकाहरु र अवकाश पाएका शिक्षकको कारण व्यवस्थापनमा कठिनाई भएको जनाउँदै सरुवा खुल्ला गरेको हो । 

मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई यसबारे परिपत्र गरेको छ । 

शिक्षक सरुवा गर्दा आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक आएपछि पनि पद रिक्त भएमा, खुल्ला प्रतियोगितात्मक विज्ञापनमा समावेश नभएका पद किटान भएमा तथा खुल्ला तर्फका पद स्थापनमा असर नपर्ने गरि र दरबन्दी मिलानको क्रममा विद्यार्थी संख्याका कारण दरवन्दी कटौती नहुने अवस्थामा मात्र सरुवाको व्यवस्थापन गर्न केन्द्रले निर्देशन दिएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...