‘ए मेरो हजुर ३’ को तेश्रो गीत सार्वजनिक (भिडियोसहित)

Suhana

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’ को तेश्रो गीत शुक्रवार (आज) सार्वजनिक भएको छ । सार्वजनिक ‘चिट डे’ बोलको गीतमा फिल्मकी नायिका सुहाना थापाको आकर्षक प्रस्तुतीलाई हेर्न सकिन्छ । 

गीतमा प्रविशा अधिकारीको स्वर, प्रतिक पौडेलेको शब्द तथा संगीत रहेको छ । भिडियोको कोरियोग्राफी राहुल शाहले गरेका हुन् । यसअघि सार्वजनिक फिल्मका दुई गीतले दर्शक तथा श्रोताको मन जितिसकेका छन् ।

झरना थापाको निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ३’ मा सुहानासँग युवा स्टार अनमोल केसी प्रस्तुत भएका छन् । सुनिल कुमार थापाले निर्माण गरेको फिल्म आउँदो शुक्रबार, चैत २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...