त्रिविमा यस्तो सुधार : विद्यार्थीले अनलाइनबाटै परीक्षा फाराम भर्न र मार्कसिट आफैँले प्रिन्ट गर्न पाउने

Tu 22

काठमाडौं । झन्झटिलो काम हुने ठाउँ मध्येको एक हो त्रिभुवन विश्वविद्यालय । जहाँ परिक्षा फारम भर्न पनि घण्टौंसम्म लाइन लाग्नुपर्ने बाध्यता छ । तर अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्न थालेको छ ।

त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था थालेपछि यसरी घण्टौंसम्म विद्यार्थीले लाइन लाग्नुपर्ने बाध्यता हट्ने छ ।

परीक्षा दिने स्नातक तह प्रथम वर्षका विद्यार्थीको परीक्षा फाराम अनलाइनमार्फत भर्ने व्यवस्था गरिसकेकाले अहिले पढिरहेका स्नातक तह प्रथमका सबै विद्यार्थीले फारम अनलाइनमार्फत् भर्न पाउने छन् ।

अहिले क्याम्पसले नै भरिदिने व्यवस्था गरेको अनलाइन फारामपछि विद्यार्थीले आफैंले नै भर्नसक्ने छन् । यसरी विद्यार्थीले अनलाइनमार्फत् भरेका परीक्षा फारामको प्रवेश पत्र आफैँले नै प्रिन्ट गरेर लिन पाउने परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

अनलाइनमार्फत पारम भरेर अबदेखि विद्यार्थी आफैँले प्रिन्ट गरेको प्रवेशपत्र लिई परीक्षामा सहभागी हुन पाउने छन् । यसैगरी त्रिविले अबदेखि फोटोसहितको रजिष्ट्रेशन स्लिप लागू गर्ने भएको छ ।

त्यति मात्रै होइन, अबदेखि परीक्षामा अनलाइनमार्फत् भरेको फारामको प्रवेशपत्रसँगै फोटो सहितको रजिष्ट्रेशन स्लिप लिएर जानुपर्ने छ । हामीले अबदेखि अनलाइनमार्फत् भरेको फाराममा रहेको प्रवेशपत्र प्रिन्ट गरेर परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्दैछौं’ नियन्त्रक जोशी भन्छन्, ‘सो प्रवेशपत्र फोटोसहितको रजिष्ट्रेशन स्लिप अनिवार्य लैजानु पर्दछ ।’

यसैगरी पनिकाले विद्यार्थीको लब्धाङ्क पत्र (मार्कसिट) को क्याम्पस आफैँले प्रिन्ट गरेर दिन सक्ने व्यवस्था गर्न थालेको छ । नयाँ वर्षदेखि लागू हुने गरी स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई क्याम्पसले आफैँले प्रिन्ट गरेर मार्कसिट दिने व्यवस्था गर्न गृहकार्य पनि थालेको छ ।

त्रिविले अबदेखि ट्रान्सक्रिप्टमा अनुत्तिर्ण भएको विषयमा तारा (स्टार) चिह्न नराख्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषय सहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् । ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन लागेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...