बलिउडका महानायक अभिताभ साउथ इन्डियन फिल्ममा

Amitabh

एजेन्सी । बलिउडका महानायक अभिताभ बच्चनले साउथ इन्डियन फिल्ममा डेब्यु गरेका छन्। अमिताभ फिल्म ‘उयन्थ्रा मनिथन’ मार्फत दक्षिण भारतीय फिल्ममा प्रवेश गरेका हुन्।

उक्त फिल्ममा अमिताभको जोडीको रुपमा राम्या कृष्णनले अभिनय गरेकी छिन्। राम्याले अमिताभ बच्चनसँग २० वर्ष पहिले बलिउड फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा काम गरेकी थिइन्।

अभिनेत्री राम्या तमिल फिल्ममा निकै लोकप्रिय छिन्। उनले तलिम भाषाको फिल्मबाट धेरै वटा अवार्ड हात पारिसकेकी छिन्।

समाचार अनुसार अमिताभले काम गर्न लागेको फिल्म ‘उयन्थ्रा मनिथन’ तमिल र हिन्दी दुवै भाषामा बन्दैछ। अहिले यो फिल्मको केही हिस्साको सुटिङ मुम्बईमा पनि भइरहेको छ। फिल्मको निर्देशन तमिलवाननले गरेका छन्।

यो फिल्मको मुख्य भूमिकामा तमिल अभिनेता एस जे सूर्या रहेका छन्। एस जे सूर्याले सामाजिक सञ्जालमा अमिताभको तस्बिर पोस्ट गर्दै अमिताभसँग काम गर्न पाएकोमा आफू निकै भाग्यमानी भएको बताएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...