भारतीय गायिका नेहा कक्कर नेपाल आउदै

Neha kakkar break up ranga khabar

काठमाडौं । भारतीय चर्चित तथा युवामाझ अत्यन्तै रुचाईएकी गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । काठमाडौंमा प्रस्तुति दिनका लागि उनी नेपाल आउने भएकी हुन् ।

प्यारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गर्ने कार्यक्रममा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् । आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न सकिनेछ ।

पछिल्लो समय नेहाले रिमेक गरेको गीत ‘इसमे तेरा घाटा’ हिट छ । उनका आँख मारे, काला चश्मा, दिलबर लगायतका गीत पनि उत्तिकै हिट छन् । नेपालमा पनि नेहाका फ्यान छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...