एजुकेशन पार्कले प्यारेन्ट्स इन्फरमेशन सेसन गर्ने

Parent event hune

काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहनेका लागि एजुकेशन पार्कले ‘प्यारेन्ट्स इन्फरमेसन सेसन’ को आयोजना गर्ने भएको छ ।

उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया लगायतका अन्य देश जान चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गरी यही शुक्रबार र शनिबार दुई दिनसम्म ‘प्यारेन्ट्स इन्फरमेसन सेसन’ को आयोजना गर्न लागेको हो ।

एजुकेशन पार्कले काठमाडौंको सुन्धारामा रहेको सिभिल मलको आठौं तल्लामा रहेको आफ्नै कार्यालयभित्र ‘प्यारेन्ट्स इन्फरमेसन सेसन’ को आयोजना गर्न लागेको हो । एजुकेशन पार्कले लामो समयदेखि उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्युजिल्याण्ड लगायतका देश जान चाहने विद्यार्थीको लागि भाषा कक्षा र शौक्षिक परामर्श दिँदै आएको छ ।

विदेश अध्ययनमा जाने विद्यार्थी बढेसँगै चुनौती पनि थपिदै गएकाले अभिभावक पनि सही रुपमा सुसूचित रहनु पर्ने आवश्यकता देखिएकाले ‘प्यारेन्ट्स इन्फरमेसन सेसन’ को आयोजना गर्न लागेको प्रमुख कार्यकारी निर्देशक विराज पाण्डे बताउँछन् ।

अबका दिनमा विद्यार्थी र अभिभावकलाई पनि परामर्श आवश्यक रहेकाले ‘प्यारेन्ट्स इन्फरमेशन सेसन’ को आयोजना गर्न लागिएको पाण्डेको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...