के प्रेग्नेन्ट छिन् ऐश्वर्या राय बच्चन ?

Ash

काठमाडौं । वलिउडलाई गसिपहरुको मूकाम त्यसै भनिएको रहेछ। हरेक दिनजसो कुनै न कुनै स्टार कलाकारहरुलाई गसिपले पछ्याइरहेको हुन्छ। हालै ऐश्वर्या राय बच्चनको गोवामा श्रीमान् अभिषेक बच्चनसँगको तस्बिर भाइरल भएपछि एकाएक हल्ला चल्यो, ऐश्यर्या त गर्भवती पो भइछन्। मिडिया र सामाजिक सञ्जालभर यो अनुमान बाक्लैसँग उपस्थित भयो। 

हल्लाको पारो उक्लदैं गएपछि अभिनेत्री ऐश्वर्याका प्रवक्ताले भने गसिपलाई चिर्न पर्ने अवस्था आयो। ‘यस्ता हल्लाहरु भइरहन्छन्। मिडियाहरुले नै यस्ता हल्लालाई ठाउँ दिन्छन्’, ऐश्वर्याका प्रवक्ताले भनेका छन्, ‘ यो खबरमा कुनै सत्यता छैन।’

गोवामा खिचिएको तस्बिरमा ऐश्वर्याको भुँडी अलिक उँचो देखिएकाले पनि यस्तो हल्ला सृजना भएको भनाइ छ। प्रवक्ताले भनेका छन्, ‘क्यामेराको गलत एंगलका कारण तस्बिर त्यस्तो आयो तर ऐश्वर्या गर्भवती छैनन्।’ ऐश्वर्या र अभिषेकको बिहेपछि सन् २०११ मा एक छोरीको जन्म भइसकेको छ। उनीहरुको विवाह २००७ मा भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...