फिल्म ‘जय शम्भु’का निर्माताले पैसा नतिरेपछि निर्देशक प्रहरी थुनामा

20088660771195382321js.

काठमाडौं । फिल्म ‘जय शम्भु’का निर्देशक रुपेश तामाङ थिङ पक्राउ परेका छन्। फिल्म निर्माताले प्रोडक्सनको खर्च नतिरि फरार भएपछि निर्देशक तामाङ पक्राउ परेका हुन्। चेक बाउन्सको कुसुरमा तामाङ पक्राउ परेको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए।

पटक-पटक पारिश्रमिक बापतको रकम माग्दा पनि नदिएपछि पिडित राजेन्द्र रावलले फिल्म सेन्सर रोकी पाउँ भनी नेपाल प्राविधिक संघमा निवेदन दिएका थिए। प्रविधिक संघले केही समय पर्ख भनेपछि उनले ३ महिना कुरेका थिए । तर सो अवधिमा पनि कुनै जवाफ नदिएपछि रावल महानगरीय अपराध महाशाखा हनुमानढोका पुगेका थिए। हनुमान ढोकाले प्रहरी वृत्त बालाजुका लागि पक्राउको पत्र काटेपछि तामाङ पक्राउ परेका हुन्।

तामाङले पैसा दिने दायित्व नभएपनि सुरुमा चेक उनैको नामबाट काटिएको हुनाले तामाङ पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत्त बालाजुले गत फागुन १९ गते पक्राउ गरेको हो। यता फिल्मका निर्माताहरु दिनेश साही, अरविनमान शाक्य र चक्र पाख्रिन भने फिल्म निर्देशक तामाङको समेत सम्पर्कबाहिर  रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...