किन बाहिरिए बल्छी धुर्बे र राजु मास्टर मेरी बास्सैबाट ?

Balchi raju

काठमाडौं, चैत । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’बाट मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र राजु पौडेल ‘राजु मास्टर’ बाहिरिने भएका छन् । आइतवार सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस राख्दै श्रेष्ठले आफूहरू मेरी बास्सैबाट बाहिरिएको जानकारी दिएका हुन् ।

‘एउटा स्कृप्ट राइटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलायर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिँजडामा थुनेर राख्दा चरा पिँजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाँचिन सक्छ यसो हुँदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ ।

तर हजुरहरूको मायाले बाँचेका हामी बल्छी र राजु मर्न चाहेनौं,’ स्टाटसमा श्रेष्ठले भनेका छन्, ‘प्रसङ्ग मेरी बास्सैको हाम्रा गुरुहरू केदार घिमिरे(माग्ने बुढा )तथा सिताराम कटेल(धुर्मुस) ले छोडेपछि हामीद्वय राजु मास्टर र मेरो कथामा हामी आफैंले निर्देशन गर्दै आयको मेरी बास्सै मिडिया हबसँग विविध कुरामा सहमति हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भएका छौं ।’

उनले आफूहरू चाँडोभन्दा चाँडो पुरानै भेषमा नयाँ कार्यक्रमका साथ पर्दामा देखिने समेत बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...