महाभारत छोडेर छत्रपति शिवाजीतर्फ आमिर

Aamir

एजेन्सी। बलिउड सुपरस्टार आमिर खानले आफ्नो ५४औं जन्मदिनको अवसर पारेर फिल्म ‘लाल सिंह चढ्ढा’ बनाउने घोषणा गरे। यो हलिउडको हिट फिल्म ‘फरेस्ट गंप’ को हिन्दी रिमेक हो। आमिरको यो फिल्मको निर्देशन अद्वेत चन्दनले गर्दैछन्।

पछिल्ला केही दिनदेखि आमिरले आफ्नो महत्वाकांक्षी योजना ‘महाभारत’ बनाउने चर्चा चल्दै आएको थियो। उनले ७ सिरिजको महाभारत बनाउने योजना सार्वजनिक भएको थियो। उनले महाभारतमा कृष्णको भूमिका आफैंले गर्ने बताएका थिए। तर लाल सिंह चढ्ढाको घोषणापछि महाभारतको विषयमा तत्काल बिराम लागेको छ।

यसैबीच पछिल्लो समाचार अनुसार आमिर खान छत्रपति शिवाजी महाराजको भूमिकामा अभिनय गर्न आतुर छन्। शिवाजीको वीरतापूर्ण कहानीबाट निकै प्रभावित छन् आमिर। त्यसैले उनी महाभारत र लाल सिंह चढ्ढालाई छोडेर पहिला छत्रपति शिवाजीमा काम गर्ने तयारीमा रहेको समाचार एजेन्सीहरुले जनाएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...