‘ए मेरो हजुर–३’ को ‘परान’ गीत सार्वजनिक (भिडियोसहित)

379196085pp

काठमाडौं । फिल्म ‘ए मेरो हजुर–३’ को अर्काे नयाँ गीत ‘परान’ सार्वजनिक भएको छ। गीत शुक्रवार मात्र सार्वजनिक भएको हो । गीतमा अशीष अभिरल र अञ्जु पन्तको स्वर, आनन्द अधिकारीको शब्द तथा अभिरलकै संगीत संयोजन रहेको छ । 

गीतको भिडियोमा अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा, सलोन बस्नेत लगायतको अभिनय देख्न सकिन्छ। लोक फ्लेभरको गीतको भिडियोमा अनमोल र सुहानालाई नेपाली पोशाकसहितको सा‌ंस्कृतिक नृत्यमा देख्न सकिन्छ।

अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। फिल्मबाट झरनाकै छोरी सुहाना थापाले डेब्यु गर्दै्छिन् भने फिल्मलाई उनकै श्रीमान सुनिल कुमार थापाले निर्माण गरेका हुन्।

फिल्ममा अनमोल र सुहानाका साथमा सलाने बस्नेत, अर्पण थापा, रवीन्द्र झालगायत कलाकारहरूको अभिनय रहेको छ। सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी तथा दीर्घ खड्काले सम्पादन रहेको छ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...