राप्रपाका अध्यक्ष थापाको 'मेरो प्यारो नेपाल' सार्वजनिक

Kamal thapa git

काठमाडौं। राप्रपा अध्यक्ष समेत रहेका गीतकार कमल थापाले रचना गरेको गीतिसंग्रह 'मेरो प्यारो नेपाल' लोकार्पण भएको छ।

राजधानीको हिमालचुली कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाबाट संयुक्तरूपमा गीतिसंग्रहको विमोचन भएको हो। गीतिसंग्रहको शीर्षगीतका रुपमा रहेको 'जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यही माटो पानी मेरो भूस्वर्ग' बोलको गीत विभिन्न सातवटा भाषामा रेकर्डिङ भई शनिबार सार्वजनिक गरिएको हो।

संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतकार थापाको गीतिसंग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरीको गायन रहेको छ।

कार्यक्रममा बोल्दै गीतकार थापाले विभिन्न सातवटा भाषामा गीतिसंग्रह सार्वजनिक हुन सकेकोमा खुशी व्यक्त गरे। 

'सांगीतिक क्षेत्रमा सानो रुपमै भएपनि योगदान पुग्न सकेजस्तो लागेको छ। श्रष्टाहरु रोयल्टीको मारमा पर्ने अवस्थाको अन्त्य हुनुपर्ने मेरो मान्यता छ,' कार्यक्रममा थापाले भने।

राष्ट्रिय प्रजातान्त्रिक सांस्कृतिक संगठनले आयोजना गरेको कार्यक्रममा गीतकार भुवन पाठक, भक्ति सिटौला र राजेश गिरीको एल्बम समेत लोकार्पण गरिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...