विष्णु खत्री र रुपा बस्नेतको पञ्चेबाजा गीत ‘जाउँला ढोरपाटन’ यस्तो बन्यो (भिडियोसहित)

6394081642084148748jaula dhorpatan.

काठमाडौं।  लोकगायक विष्णु खत्री र गायिका तथा सञ्चारकर्मी रुपा बस्नेतको पञ्चेबाजा गीत ‘जाउँला ढोरपाटन’ सार्वजनिक भएको छ। चितवनमा रहेर लामाे समय सञ्चार कर्ममा रहेकी बस्नेतले गायक खत्रीसँग मिलेर साे गीत बजारमा ल्याएकी हुन्।

गीतमा बागलुङकाे प्राकृतिक सुन्दरताले भरिएकाे पर्यटकीय क्षेत्र ढाेरपाटनलाई चित्रण गर्न खाेजिएकाे छ। प्रेमील रसमा लेखिएकाे गीतकाे भिडियाेमा ढाेरपाटन क्षेत्रका सुन्दर दृश्यहरुलाई पनि देखाइएकाे छ।

'सबैलाई आफ्नाे जन्मथलाेप्रति सम्मान हुन्छ', गायिका बस्नेतले भनिन्, 'गलकाेट, ढाेरपाटन तथा यस आसपासका विभिन्न क्षेत्रलाई गीतकाे माध्यमबाट चिनाउन प्रयास गरेका हाैं।'

गीतमा बागलुङका पर्यटकीय स्थलहरुकाे बारेमा प्रकाश पारिनुका साथै त्यहाँकाे विशेषताका बारेमा समेत वर्णन गरिएकाे छ। भिडियोको छायाङ्कन गायकगायिका दुबैको जन्मथलो बागलुङको गलकोट र आसपासका क्षेत्रमा गरिएको हो।

गीत गायक खत्रीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्।

सुमधुर क्रियसनले उत्पादन गरेको सो गीतमा शब्द र सङ्गीत स्वयम् गायक खत्रीकै रहेको छ। आशिष अविरलको सङ्गीत संयोजन रहेको सो गीतको म्युजिक भिडियोमा तुलवीर थापा र साया भण्डारीको अभिनय रहेको छ।

भिडियोको निर्देशन दिलीप रेग्मीले गरेका छन्।

गीतकाे भिडियाे:

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...