जन्मदिन मनाउने पैसाले विद्यार्थीले गरे दुर्गमका स्कुललाई पुस्तक सहयोग

Pustak sahayog

भक्तपुर । एभरेष्ट इंग्लिस स्कुलका विद्यार्थीले जन्मदिन मनाउने पैसा संकलन गरेर दुर्गम क्षेत्रका स्कुलहरुलाई पुस्तक सहयोग गरेका छन् ।

मिवाछें व्यासीस्थित एभरेष्ट इंग्लिस स्कुलका विद्यार्थीले जन्म दिन मनाउने पैसा संकलन गरेर स्याङजा र डोटी जिल्लाका दुई वटा स्कुललाई पुस्तक सहयोग गरेका हुन् ।

उनीहरुले स्याङजाको हिमाली माविका दीपक चापागाई र डोटीको मुक्ति नारायण माविका गीता जोशीलाई स्कुलमा बुधबार भएको ३६ औ वार्षिकोत्सव तथा पुस्तक वितरण समारोहमा ती पुस्तकहरु हस्तान्तरण गरिएका हुन् ।

दुबै माविलाई प्रति स्कुल दुई लाख १६ हजार पाँंच सय ४१ रुपैयाँं ३२ पैसा बराबरको प्रति स्कुल १ हजार सात सय ३४ थान पुस्तक हस्तान्तरण गरे । साथै उनीहरुले हिमाली माविलाई १० हजार ५ सय र मुक्ति नारायण माविलाई १५ हजार ७ सय ५० रुपैयाँं बराबरको स्टेशनरी सामान पनि सहयोग गरे ।

विद्यार्थीका साथै स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संयुक्त रुपमा ती पुस्तकहरु दुई वटा स्कुललाई छुटाछुटै रुपमा हस्तान्तरण गरे ।

विद्यालयका संस्थापक प्रिन्सिपल राजभण्डारीले स्कुलका विद्यार्थीको जन्मदिनमा सहपाठीहरुलाई चकलेट लगायतका खाद्य वस्तु किनेर बाढ्नुभन्दा नयाँं संस्कारको सुरुवात गर्ने उद्देश्यका साथ एभरेष्ट टिएन वर्ड डे फण्ड स्थापना गरी यसरी पुस्तक सहयोग गर्दै आएको जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...