नरेश र करिश्मा यसरी नाचे पञ्चेबाजामा (भिडियोसहित)
काठमाडौं । गायक गायक तथा सर्जक नरेश खाती र गायिका पूर्णकला विसीको आवाजमा पञ्चेबाजा गीत ‘मत हजुर बाग्लुङ्गे’ बजारमा आएको छ ।
भिडियोसहित बजारमा आएको उक्त गीतमा दिपक कंडेलको शब्द रहेको छ भने स्वयं गायक खातीको लय रहेको छ । शब्द लेखन, संगीत र गायनमा पनि उत्तिकै सफल मानिएका गायक खाती अनिभनयमा समेत निकै अब्बल, सबैको मन जित्न सफल मानिएका छन् ।
आफ्ना धेरैजसो गीतमा आफ्रल् अभिनय गर्दै दर्शक, श्रोताको मन जितिरहेका खातीले यस गीतमा पनि करिश्मा ढकालसंग अभिनय गरेका छन् । माया गर्ने दुई जोडीको प्रेमलाई दर्शाईएको उक्त गीतमा बिबाहमहोत्सवमा आफ्नो मायालाई अभिनय मार्फत पोखिएको भावलाई खाती र ढकालले उत्कृष्ट रुपमा प्रस्तुत गरेका छन् ।
गीतमा मौसम हिमालीको निर्देशनमा रहेकोछ भने किरण चैसिरको छायांकन रहेको भिडियलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।
प्रतिकृया दिनुहोस