आँचल र पल ‘मायामा' (भिडियोसहित)

Aap

काठमाडौं । 'भ्यालेन्टाइन्स डे'को पूर्वसन्ध्यामा गीतकार सुरेश वाग्लेले रोमान्टिक युगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको यूगल स्वरमा रहेकाे ‘मायामा तिम्रो’ बाेलकाे गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

संगीतकार मेघराज लगुनद्वारा संगीतबद्ध गीत सुरेश वाग्ले तथा मेघराज लगुनले लेखेका हुन्। संगीतकार सुमित विश्वकर्माले संगीत संयोजन गरेकाे गीत भारतकाे कोलकाता तथा काठमाडौंमा रेकर्ड गरिएको हाे। उक्त गीतको मिक्सिङ तथा मास्टरिङ भने चेन्नईमा गरिएको गीतकार वाग्लेले बताए।

विकास सुवेदीद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा पल शाह र आँचल शर्मा फिचर भएका छन्। अनिल के मानन्धरद्वारा छायाँकन गरिएको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। सुप्रिमले नै भिडियोमा कलर ग्रेडिङको कामसमेत गरेका छन्।

गीतकार वाग्लेको हालै सार्वजनिक भएको अञ्जु पन्त र मनोजराज सिवाकोटीद्वारा स्वरवद्ध गजल ‘सम्झे पनि’ दर्शक तथा स्राेतामाझ लोकप्रिय भएको थियो। यसै वर्षको प्रारम्भमा गीतकार वाग्लेले आफ्नाे एकल गजल एल्बम ‘तिमी साथ भएपछि’ काठमाडौंमा लोकार्पण गरेका थिए।

 

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...