क्रिकेट रंगशाला बनाउन मलेसियामा सहयोग जुटाउदै धुर्मुस-सुन्तली

Dhurmus

काठमाडाैं । माघ १६ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन मलेसिया पुगेका धुर्मुस-सुन्तलीले आफ्नो शानदार प्रस्तुतिले दर्शकको मन जितेका छन् ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई भव्य स्वागत भएको छ । टोलीमा चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ छन् । यी दुई ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरमा ‘सिटी एक्सप्रेस धुर्मुस-सुन्तुली साँझ-२०७५’ को आयोजना गरेको हो ।

जसअन्तर्गत क्वालालम्पुरमा पहिलो सो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भएको छ । उक्त दुई सोमा धुर्मुस-सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोर मनाेरञ्जन लिएका हुन् । उनीहरूसँगै टोलीमा रहेका गायक गायिकाले पनि दर्शकको मन जितेका छन् ।

अब अब क्वालालम्पुर र पेनाङपश्चात् फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुने टोलीले जनाएको छ । झन्डै तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि मलेसियाबाट राम्रो साथ-सहयोग पाउने विश्वास धुर्मुस-सुन्तलीले व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...