चलचित्र ‘ब्वाइफ्रेण्ड’ को पोष्टर र प्रदर्शन मिति सार्वजनिक

Boyfriend movies pooster 1024x512

काठमाडौं, २४ माघ । निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको चलचित्र ‘ब्वाइफ्रेण्ड’ को पोस्टरसँगै रिलिज मिति सार्वजनिक गरिएको छ । चलचित्र फागुन १० गतेबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक पोष्टरमा चलचित्रमा रहेका सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ ।

युवा पिंढीमा मौलाएको ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोराछोरीप्रति जिम्मेवारी बहन नगर्दा हुने परिणाम कस्तो हुन्छ भन्ने विषयलाई चलचित्रमा समेटिएको छ । 

बुढाथोकी फिल्मस् प्रोडक्शन प्रालिको ब्यानरमा निर्मित चलचित्रमा सरोज खनाल, महिमा सिल्वाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठ, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर के।सी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्देशक मदन घिमिरे तथा सह–निर्देशक जीवन गौतम हुन् । चलचित्रको दन्द शंकर महर्जन, संगीत टंक बुढाथोकी, नृत्य पुनम राई, निर्माण सल्लाहकार सानुकाजी श्रेष्ठ, लेखन मौनता श्रेष्ठ, कथा कृष्ण चापागाईं, छायांकन कृष्ण श्रेष्ठको रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...