‘तानाजी’ मा अजय र काजोल सँगै

Kajol

काठमाडौं । बलिउड अभिनेत्री काजोल फिल्म ‘तानाजी : द अनसङ वारियर’ मार्फत फिल्ममा पुनः प्रवेश गर्दैछिन्। उक्त फिल्ममा काजोल आफ्ना श्रीमान् अजय देवगनको जोडी बनेर देखिँदैछिन्।

तानाजीमा कालोजले अजयको पत्नीको भूमिका निर्वाह गर्ने समाचार एजेन्सीहरुले जनाएका छन्। अजय भने यो फिल्ममा मराठा योद्धाको भूमिका निर्वाह गर्दैछन् ।

अजय देवगनको महत्वाकांक्षी फिल्म तानाजीमा खलनायकको भूमिका भने सेफ अली खानले निभाउने भएका छन्।

अभिनेत्री काजोलले गत डिसेम्बरमा यो फिल्मका लागि एक क्लासिकल गीतको छायांकन समेत गरिसकेको बताइएको छ।

काजोल र अजयको जोडीले ठूलो पर्दामा थुप्रै काम गरिसकेको छ र सफल पनि भएको छ। काजोल र अजयलाई भारतीय फिल्म नगरीमा निकै मन पराइन्छ।

फिल्म तानाजीमा बलिउड स्टार सलमान खानले पनि अभिनय गर्नेछन्। उनले छत्रपति शिवाजीको भूमिका निभाउने समाचार सार्वजनिक भएको छ।

मुगल र मराठाको युद्धमा आधारित यो फिल्ममा सलमान मुख्य भूमिकामा देखिनेछन् वा अतिथि कलाकारमा सीमित रहनेछन् भन्नेबारे भने तय हुन बाँकी रहेको बताइएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...