ऋचा घिमिरेको ‘तुलसी’ मा राजेश हमाल, करिष्मा मानन्धर र शिव श्रेष्ठ एकैसाथ (भिडियोसहित)

Tulsiiii

काठमाडौं । चलचित्र 'तुलसीुको गीत' आजको रमाइलो बेला सार्वजनिक भएको छ। रन्जित गजमेरको संगीत रहेको गीतमा साधना सरगम र कुमार कान्छाले आवाज दिएका छन्।

गीतमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ललगायतको नृत्य देख्न सकिन्छ। लोक लयमा तयार गीतमा मेलामा हुने रमाइलो र गीतसंगीत सँगै नृत्यको माहोललाई समेट्न खोजिएको छ।

यस बाहेक चलचित्रमा ५ वटा गीत छन्। जसमा एउटा गीतमा वसन्त सापकोटा र बाँकी गीतमा रन्जित गजमेरले स‌ंगीत दीएका छन्। भारतको मुम्बईमा रेकर्ड गरिएका सबै गीत सुरेश अधिकारीले लेखेको हुन्।

चलचित्र 'तुलसी' केही वर्षअघि नै निर्माण भएपनि अहिले आएर मात्रै प्रदर्शनमा आउन लागेको हो। ऋचा घिमिरेले निर्माण गरेको चलचित्र तुलसी प्रदर्शनमा आउने तयारीमा छ।चलचित्र 'तुलसी' नेपाल प्रदर्शन अगावै बेलायत, मकाउ, युरोप, स्कटल्यान्ड, अमेरिका, क्यानडा तथा अन्य देशहरुमा प्रदर्शन भइसकेको छ।

चलचित्रमा ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जय किसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भूमिकामा देखिएका छन् भने विशेष भूमिकामा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल, तृप्ति नाटकरलगायत छन्।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...