अजय देवगन अब रणवीर कपुरको बाबु

Ajay devgan

काठमाडौं । भारतीय स्टार अजय देवगन र रणवीर कपुर बाबु–छोराको भूमिकामा देखिने भएका छन्। उनीहरुलाई बाबु–छोरा बन्ने साइत जुराइदिन थालेका हुन् बलिउड निर्देशक लव रञ्जनले।

लव रञ्जनले यसअघि ‘सोनु के टिटु की स्विटी’ र ‘प्यारका पञ्चनामा’ को दुई वटा सिरिज बनाएर सफल निर्देशक सावित गरिसकेका छन्।

वर्ष २०१८ मा रिलिज भएको फिल्म ‘सन्जु’ को अपार सफलतापछि रणवीरप्रति निर्देशकको आकर्षण झन् बढेको छ। सन्जु २०१८ को सबैभन्दा हिट फिल्म थियो।

अजय र रणवीरलाई लिएर फिल्म बनाउने घोषणा लव रञ्जनले धेरै पहिले गरिसकेका थिए। आगामी फिल्ममा अजयले बाबुको र रणवीरले छोराको भूमिकामा अभिनय गर्ने रञ्जनले घोषणा गरेका छन्। यो फिल्मका लागि बाबु–छोराबीचको कमेडी रचिसकिएको पनि उनले बताएका छन्।

यसअघि अजय र रणवीर फिल्म ‘राजनीति’ मा एकसाथ देखिएका थिए। उनीहरुको यो फिल्म बलिउडमा सुपरहिट भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...