परियारले पाए एपिक म्युजिक अवार्ड

Eccharam pariuar

काठमाडौं । मोडलिङमा चर्चाको शिखर चुम्दै गरेका मोडेल इच्छाराम परियार एपिक नेपाल म्युजिक अवार्डबाट सम्मानित भएका छन् । परियारले शुक्रबार न्यू मोडेलतर्फको जुरी अवार्ड पाएका हुन् ।

उनलाई आयोजकले गायक प्रमोद खरेलले गाएको तिम्लाई झुल्ने दवाई’ बोलको आधुनिक गीतमा दमदार अभिनय गरेपछि सो अवार्ड दिएको हो । उनी एक दशकयता अभिनयमा क्रियाशील छन् । उनले ‘म मरेर के भो म जस्ता हजार पाइहाल्छौं’ लगायत झण्डै तीन दर्जन लोक तथा आधुनिक गीतहरुमा अभिनय गरिसकेका छन् ।

ओखलढुंगा घर भई हाल काठमाडौंमा रही अभिनयलाई मुख्य पेशा बनाउँदै आएका छन् । ‘निरन्तरको परिश्रमले एपिक अवार्ड जिताएको छ खुसी लागेको छ’ उनले भने, ‘अझ काम गर्ने हौसला मिलेको छ, दर्शक श्रोता, अवार्ड वितरण संस्था सबैप्रति आभारी छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...