चलचित्र ‘सानो मन’ बन्दै आयुष्मान र शिल्पाको जोडि पक्का

Sano man aayush shilpa 2

नेपाली चलचित्र ‘सानो मन’ निर्माण हुने भएको छ । सुयोग गुरुङको डेब्यु निर्देशन रहने फिल्ममा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहनेछ । सानो मन म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने प्रेसमिटमा जानकारी गराइयो ।

प्रेसमिटमा आयुष्मानले भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो । फिल्मको स्टोरी नर्मल छ । मिठो छ । छोटो छ र राम्रो छ ।’ अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण फिल्म छाड्न नसकेको बताइन् । उनी यस फिल्ममा सानियाको भूमिकामा देखिनेछिन् । यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले ’सानो मन’ फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनिसकेको बताइन् ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । ‘सानो मन’ को छायाँकन माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा सानो मन बन्न लागेको हो । आलोक शुक्लाले खिच्ने फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ’पर्सनल ट्रेनर’ हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...