विहेपछिको पहिलो फिल्ममा पूर्व प्रेमी रणवीरसँग देखिँदै दीपिका पादुकोण
काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण पुनस् पूर्व प्रेमी रणवीर कपुरसँग स्क्रिन शेयर गर्दैछिन् ।
हालै रणवीर सिंहसँग विहे गरेकी दीपिका निर्देशक लव रन्जनको आगामी फिल्ममा रणवीर कपुरसँग देखिने भएकी हुन् । उसो त प्रेम सम्बन्ध टुटेपछि पनि यी दुईले एकसाथ काम गरेका थिए । बलिउड मिडियाले उल्लेख गरे अनुसार सम्भवतः दीपिकाले विहे पछिको पहिलो फिल्म नै रणवीर कपुरसँग गर्दैछिन् ।
नाम तय भइनसकेको लभ स्टोरी रहने फिल्मको छायांकन सन् २०१९ को मध्यतिरबाट हुनेछ । फिल्ममा रणवीर कपुर, दीपिका पादुकोणसँगै अजय देवगनकाले पनि मुख्य भुमिका हुनेछ । यसअघि पनि रणवीर कपुर र दीपिकाले एकसाथ तीन वटा फिल्ममा काम गरिसकेका छन् ।
रणवीर कपुर र दीपिकाले 'बचना ए हसीनोु, 'ए' जवानी हे दिवानी' र 'तमाशा' मा एकसाथ काम गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस