विदाको सदुपयोग गर्दै विद्यार्थीलाई गजल प्रशिक्षण

Rhombugajal prasixyan

भक्तपुर । विद्यार्थीको साहित्यीक सिर्जनशीलतामा वृद्धि गर्न भक्तपुरमा गजल प्रशिक्षण सुरु भएको छ । भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीलाई बिदाको समयमा गजल प्रशिक्षण दिन सुरु गरेको हो ।

विद्यालयका कक्षा ८ र ९ मा अध्ययन गरिरहेका छात्र तथा छात्राहरुलाई गजल लेखनबारे प्रशिक्षण कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूले बताए ।

कोजूका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सिर्जनशील बनाउन साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले गजल प्रशिक्षण सुरु गरिएको हो ।

‘अहिलेका विद्यार्थीहरु साहित्य सिर्जनाभन्दा अन्यत्र बढी ध्यान दिन थालेका छन्’ उनले भने, ‘यसले उनीहरुमा सिर्जनशीलताको अभाव देखिएकोले त्यसलाई न्यूनीकरण गर्न, मीन पचासको बिदाको बेलामा गजल लेखनको सीप सिकाउन प्रशिक्षणको आयोजना गरेका हौं ।’

विद्यार्थीलाई गजलकार एवं सञ्चारकर्मीद्वय विकास प्रहर र हरिसुन्दर छुकांले गजल लेखन सीप सिकाइरहेका छन् । उप्रशिक्षणमा सहभागी विद्यार्थीलाई गजलको इतिहास, विकाससँगै गजल लेख्ने अभ्यास पनि गराइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...