पछ्यौरी र मास्कले अनुहार ढाकेर प्रहरी कार्यालय पुगिन् विष्णु माझी

49378843 2479202655442548 8379545086429495296 n

स्याङ्जा । सधैं आफ्नो अनुहार ढाक्ने लोकप्रिय गायीका विष्णु माझी आइतबार स्याङजाको सीडीओ कार्यालयमा पुगेकी छन् । श्रीमान सुन्दरमणि अधिकारीसहित कार्यालय पुग्दा समेत उनले उनले सँधैझैं पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् ।

विष्णु माझी लामो समयदेखि ‘गुप्तवासमा’ रहेको विषयमा मिडियामा आएपछि स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले चासो देखाएका थिए । सुन्दरमणि र विष्णु गाउँमा आएपछि उनले भेटघाटका लागि डाकेका थिए ।

भेटघाटमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी राजकुमार लम्साल पनि सहभागी थिए । लामो समयसम्म गुप्तावास बस्ता कुनै परिबन्दमा परेर बाहिर नदेखिएकी हुन कि भनेर भेट्न डाकेको स्याङजा स्थित एसपी लम्सालले जानकारी दिए ।

उनले भने ‘उहाँहरुको विषयमा समाचारहरु बाक्लै आउन थालेपछि खास स्थिति के हो त भनेर बुझ्ने सल्लाह मैले र सीडीओ साबले गर्‍यौं । त्यसैले उनीहरु जिल्ला आएको मौकामा बोलाएका हौं,’

आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आएका थिए । एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका हुन ।

सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि बाबुसँग भेट भएको छ। बाबु ५८ वर्षीय ताराबहादुरले छोरी विष्णुसँग भेट नभएको११ वर्ष भएको यसअघि कान्तिपुरसँगको कुराकानीमा बताएका थिए ।

ताराबहादुरले सानै उमेरमा छोरी काठमाडौँ गएपछि घर नआउने र आफू पनि काठमाडौँ जान नसक्ने हुँदा भेट नभएको बताएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...