आकाशले मेलिनालाई ‘माया गरन’ भनेपछि (भिडियोसहित)

Aakash

काठमाडौं । नायक आकाश श्रेष्ठ र  नव मोडल मेलिना राइ फिचरिङ्ग ‘माया गरन’ भिडियो सार्वजनिक भएको छ ।

गायक प्रवेश राइको नया गीत ‘माया गरन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्मा ग्याल्छेन बोम्जनको शब्द र संगीत रहेको गीत ‘माया गरन’ मा गायक राइलाइ स्वरमा गायिका बानीका प्रधानले साथ दिएकी छिन  ।

‘जोर मादल’ एल्बममा समावेश गीत ‘माया गरन’ मा साहस शाक्यको संगीत संयोजन रहेको छ । बुद्ध थापाको छायांकन र  बिकाश धमलाको सम्पादन रहेको भिडियोलाई अहिलेका ब्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन ।

अमेरिका निवासी गायक  प्रवेश राइले एल्बमका बाँकी गीतको पनि छिट्टै  भिडियो निर्माण गरिने जानकारी दिए ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...