‘रुमालै छ चिनो’ को आयो धमकेदार ट्रेलर, हेर्नुस् भिडियो

Rumalai cha chino trailer

काठमाडौं । फागुन १० मा प्रदर्शनमा आउने तयारमिा रहेको नेपाल चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।

कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस चलचित्रको नाम राखिएको हो । जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो ।

भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा ‘रुमालै छ चिनो’ मा समेटिएको छ । ट्रेलरमा भारतबाट युद्ध लडेको एक युवकको बहादुरी देखाइएको छ ।

रेशम थापाको कथा रहेको चलचित्र रुमालै छ चिनोमा सुशान्त कार्की, अफ्सना थापा, किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत , सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय छ । अभिनेत्री अफ्सना भने डेब्यु फिल्म हो ।

ज्योती फिल्मसको ब्यानरमा बनेको यस फिल्ममा चन्द्रबहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । यो फिल्मको यसअघि नै ‘ए माया...’ बोलको गीत सार्वजनिक भइसकेको छ । 

दिनेश सिंह ठकुरीले निर्देशन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...