अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रस्टीको अध्यक्षमा गीता खत्री

Gita kathri

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रस्टीको २०१८/२० को लागी बनेको नयाँ कार्यसमितीको अध्यक्षमा बरिष्ठ साहित्यकार गीता खत्री, उपाध्यक्षमा पदम विश्वकर्मा र पुरु सुबेदी विजय भएका छन् ।

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका लागि भएको चुनावमा उपाध्यक्षको उम्मेदवार तथा पूर्व अनेसास अध्यक्ष पदम विश्वकर्माले ४० र पुरु सुबेदिले ३२ भोट ल्याएर विजयी भएका छन् । निर्वाचन अधिकृत भीम कार्कीले जारी गरेको विज्ञप्तिका अनुसार उपाध्यक्षका अर्का उम्मेदवार बलराम थापाको २३ भोट आएको छ ।

अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । निर्विरोध हुनेहरूमा अध्यक्षमा गीता खत्री, सचिवमा शिव लामिछाने, कोषाध्यक्षमा राम लामा अविनाशी, अवार्ड कमिटी चेयरमा डा. गोपी उप्रेती र कार्यकारी सदस्यमा तिर्थ अधिकारी रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...