अनमोलसँग आशिरमान जुध्दा चौका दाउलाई फाइदा
काठमाडौं । यही २७ पुसमा चलचित्र चौका दाउ र दी ब्रेकअप गरी दुई चलचित्र रिलिज हुन लागेकोमा अब चौका दाउ मात्र आउने भएको छ । चलचित्र दी ब्रेकअपको भिडन्त अब १७ फागुनमा क्याप्टेनसँग हुने भएको छ ।
चौका दाउका निर्देशक पूर्णेन्दु झाका अनुसार आपसी सहमतिमा दी ब्रेकअपको प्रदर्शन मिति २७ पुसमा सरेको हो । ‘चलचित्र दी ब्रेकअपको भीएफएक्सको काम नसकिएका कारण निर्देशक हेमराज बीसी निकै खटाइमा हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले नजुध्न अनुरोध गरिरहेका बेला दी बे्रकअप त्यो मितिबाट उहाँहरूले सार्नुभएकोमा हामी आभारी छौं,’ चौका दाउका निर्देशक पूर्णेन्दु झाले भने ।
अब १७ फागुनमा अभिनेता अनमोल केसी र अर्का नवोदित अभिनेता आशिरमान देशराज जोशीबीच भिडन्त हुने भएको छ । फागुनमा तीनवटा बिदा परेकाले पनि एउटासँग जुध्नैपर्ने भएपछि आफूहरू सो मितिमा सरेको निर्देशक हेमराज बीसीले बताएका छन् । १७ फागुनमै आउने भनिएको प्रदीप भट्टराईको चलचित्र जात्रैजात्राका कलाकार विपिन कार्कीको खुट्टा भाँचिएर निर्धारित समयमा सुटिङ पूरा भएन ।
त्यसैले, अब सो मितिमा जात्रैजात्रा नआउने भएपछि दी ब्रेकअप १७ फागुन पुगेको हो ।
युवा पुस्तामा अनमोल केसीको क्रेज साह्रै राम्रो छ । यसअघि द ग्याङस्टार ब्लुजबाट डेब्यु गरेका आशिरमानको पनि युवा पुस्तामा राम्रो क्रेज छ ।
निर्माता भुवन केसीका अनुसार
‘क्याप्टेन’ खेलमा आधारित चलचित्र हो । चलचित्र दी ब्रेकअप पूर्ण रूपमा प्रेम कथामा आधारित चलचित्र रहेको निर्माण पक्षको कथन छ । सोही कारण यी दुई चलचित्र जुध्दा फरक स्वादका सिनेमा भएकाले आपसमा असर पर्ने दुवै पक्षका निर्माताको कथन छ ।
यसरी दी ब्रेकअप फागुनलाई सरेपछि चौका दाउका निर्देशक पूर्णेन्दु झाले भने, ‘अब हामीलाई ढुक्क छ, हाम्रो चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङमा पाँचौं स्थानसम्म पर्नुका साथै दर्शकले यसलाई मनपराउनुभएकाले सिनेमा पनि त्यत्तिकै राम्रो बनाएको विश्वास दिलाउँछु ।’
चौका दाउलाई सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् । चौका दाउमा वर्षा राउत, रवीन्द्र झा, अजश्र ढुंगाना, सन्तोष पन्त, विल्सनविक्रम राई, तैयव शाह, श्याम राई, रमेश अधिकारीसहितको अभिनय छ । यस चलचित्रका परिकल्पनाकार, संगीतकार एवं कथाकार शम्भुजीत बासकोटा हुन् ।
प्रतिकृया दिनुहोस