मृगौला पीडित रसाइली बचाउ अभियान तीव्र

Prakash rasaili

काठमाडौं । दुबै मृगौला फेल भएका प्रकाश रसाइलीलाई बचाउन प्रकाश रसाइली बचाउ अभियान तीव्र पारिएको छ ।

अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. १, तल्लो रानिचौर गैराका १८ वर्षीय प्रकाशको दुबै मृगौला फेल भई ७ महिनादेखि मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका रसाइलीको उपचारमा सहयोग गर्न प्रकाश रसाइली बचाउ अभियान सुरु भएको हो । उनको मृगौला प्रत्यारोपण गर्न झण्डै १० लाख रुपैयाँ लाग्ने भएका कारण आर्थिक संकलन तीव्र पारिएको हो ।

उनको बचाउँका लागि प्रकाश रसाइलीकै नाममा कृषि विकास बैंक भक्तपुरमा खाता खोलिएको छ । प्रकाशको उपचारमा सहयोग गर्न चाहनेले खाता नम्बर ०२१२२०१२६५७२६०१७ मा पैसा जम्मा गर्न सकिने पदम रसाइलीले बताए ।

उनले भाईको उपचार गर्न समस्या परेकाले सबैमा सहयोगको याचना गरिएको पनि बताए । उनले बुबा किसन विकले मृगौला दिने भए पनि आर्थिक अभावका कारण ट्रान्सफर गर्न नसकिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...