राजधानीमा सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका फिल्म फेस्टिबल –२०१८’ हुने

Cjmc

काठमाडौं । ‘नेपाल–अफ्रिका फिल्म फेस्टिबल २०१८’ आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

आयोजक डा. मन्जु मिश्रका अनुसार काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजना हुने महोत्सवमा विभिन्न विषयवस्तुमा निर्माण भएका ११ वटा फिल्म प्रदर्शन गरिनेछन् ।

फेस्टिभलमा इजिप्टका मोहमद फाडलद्वारा निर्देशित ‘नासिर ५६’, स्वीजरल्याण्डका आइरन लोएबलद्धारा निर्देशित ‘लाइफ इन प्रोगेस’, चीनका ज्याङयोङ, होडन ओ अब्डी र फु डोङ निर्दे्शित अफ्रिकन इन युवा, स्वीडेनको नाडिया डाइवर्ग र पी युलिन्स निर्दे्शित ‘फुटबोल डोक्र्टन’, रुवान्डा, फ्रेन्च र बेल्जियमका फिलिप भ्यान लु निर्देशित ली लोर ओ डाइस्ट पार्टी इन भोग, यस्तै सेनेगलका ओस्मान विलियम मेबी निर्देशित प्रेसिडेन्ट डाई, अल्जेरियाका मर्जाकओल्ज निर्देशित बाबएल क्यु सिटी फिक्सन, अमेरिकाको जर्ज क्यासी निर्देशित ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाका डारयन जोसाउ निर्देशित ‘कल मि थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित फिल्म छायाँ लगायतको प्रदर्शन गरिनेछ ।

‘अफ्रिका थ्रु अफ्रिकन लेन्स अर्थात् अफ्रिकालाई अफ्रिकाकै नजरले हेरौँ’ भन्ने मूल मन्त्र रहेको फेस्टिबलमा विभिन्न मुलुकका प्रतिष्ठित फिल्म निर्देशकको पनि उपस्थिति रहनेछ ।
अफ्रिका र नेपालबीच सांस्कृतिक एवं पर्यटकीय आदान प्रदानका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले फेस्टिबल हुदैं आएको छ । ‘नेपाल–अफ्रिका फिल्म फेस्टिबल २०१८’ सातौं फिल्म फेस्टिबल हो ।

डा. मिश्रका अनुसार ‘महोत्सवले नेपाल र अफ्रिका महादेशबीचको सम्बन्ध र मित्रता बढाउन सेतुको काम गर्नेछ भने अफ्रिकाको कला, संस्कृति, जीवनशैलीबारे जान्ने अवसर तथा सूचना र प्रविधिक कारण अफ्रिकन जीवनशैलीबारे चलचित्रमार्फत् हामीले हेर्ने र बुझ्ने साथै उनीहरुलाई हाम्रो संस्कृतिका बारेमा थाहा दिने मौका पनि हो ।’


कलेज अफ जर्ना्लिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)ले फिल्म फेस्टिबल गर्न लागेको हो । फेस्टिबलकै अवसरमा कलेज अफ जर्ना्लिजम एन्ड मास कम्युनिकेसन ( सिजेएमसी ‘आदिम मिडिया हाउस’ को मंसिर ९ गते उद्घाटन हुने बताइएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...