पुनमको फिल्ममा साम्राज्ञीको इन्ट्री
काठमाडौं । पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् ।
‘पटकथाको पहिलो ड्राफ्ट तयार भएदेखि साम्राज्ञी पहिलो रोजाइमा रहेकी छन् । एक अर्कासँग काम गर्न तयार भएको इन्टरटेनमेन्टकी प्रमुख तथा निर्माता पुनम गौतम क्षेत्रीले आफ्नो नयाँ फिल्ममा साम्राज्ञीलाई अनुबन्ध गरेकी हुन् । एउटा सुन्दर फिल्म बनाउने हाम्रो अभिलाषा साम्राज्ञीको आगमनसँगै झन् मजबुत भएको अनभूति भएको उनको भनाइ छ ।
फिल्ममा साम्राज्ञीको आगमनसँगै मुख्य भूमिकामा अभिनय गर्ने कलाकारको टुंगो लागेको निर्माता गौतमले बताइन् । फिल्ममा पुष्प खड्का र रेबिका गुरुङ फाइनल रहेका छन् ।
‘इन्टु मिन्टु लन्डनमा पछि जति पनि कथा सुनिरहेकी थिएँ त्यसमा यो फिल्मको कथा बिल्कुलै फरक छ । कथासँगै निर्माण टिम पनि राम्रो लागेकाले यो फिल्म गर्न राजी भएँ’ साम्राज्ञीले भनिन् ।
माघको दोस्रो हप्ताबाट फ्लोरमा जाने फिल्मको नाम भने निर्माण टिमले अहिलेसम्म सार्वजनिक गरेको छैन । कलाकार र नाम औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ ।
गोविन्द फुयाँलको लेखन रहेको फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् । फिल्मको छायाँकारको रुपमा पनि सञ्जय लामा अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहने छ ।
प्रतिकृया दिनुहोस