शिक्षा आयोगलाई संवैधानिक आयोग बनाउन माग
धनकुटा । नेपाल शिक्षक संघका राष्टिय अध्यक्ष राजेन्द्रराज पौडेलले शिक्षा आयोगलाई संवैधानिक बनाउनुपर्ने बताएका छन् ।
नेपाल शिक्षक संघ धनकुटाले आइतबार गरेका अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पौडेलले शिक्षा आयोगलाई सैवैधानिक आयोग बनाए मात्रै शिक्षाको विकास हुनसक्ने दावी गरे ।
उनले शिक्षा क्षेत्रमा देखिएको विकृती विसंगतीलाई अन्त्य गर्न पनि शिक्षा आयोगलाई संवैधानिक बनाउनुपर्नेमा जोड दिए । उनले शिक्षा ऐनलाई समयानुसार परिवर्तन गर्नु आवाश्यक रहेको पनि टिप्पणी गरे ।
नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेपाल शिक्षक संघ धनकुटाका पूर्व सचिव हरी दाहाल, सहसचिव शोभा दाहाल, मछिन्द्र राई, महालक्ष्मी नगर कार्य समितिका अध्यक्ष चकेन्द्र बस्नेत लगायतले शिक्षकहरुको पेशागत हकहितका साथै गुणस्तरीय शिक्षा आजको आवाश्यक्ता रहेको बताए ।
सो कार्यक्रममा नेपाल शिक्षक संघका राष्टिय उपाध्यक्ष भरत लम्साल, महासचिव सोमनाथ गिरी, नेपाल शिक्षक संघ प्रदेश नम्वर २ का अध्यक्ष मेघनाथ यादव, प्रदेश नमवर ३ का अध्यक्ष नारायण तिम्सिना, प्रदेश नम्वर १ का अर्थ महासचिव रामकुमारी भण्डारी, भोजपुर जिल्ला कार्यसमितिका अध्यक्ष ज्ञानराज खुलाल, धनकुटाका सचिव धनकुमार राई, अर्थ सहसचिव बिमला सन्तोषी राई, घनश्याम बराल, लक्ष्मी सापकोटा, रामचन्द्र अधिकारी, प्रदिप खतिवडा लगायत नेपाल शिक्षक संघ धनकुटाका सदस्यहरुको सहभागीहरुले शिक्षकहरुको पेशागत अधिकार र अहिलेको वर्तमान अवस्था,संगठन विस्तार तथा सुदृढीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस