‘छातीभरि देश बोकी’ (भिडियो सहित)

Chhati bhari capture 1

काठमाडौं । विगत ७ वर्षदेखि संगीत क्षेत्रमा क्रियाशील गायक सुनिल मगरले राष्ट्रप्रेमको गीत सार्वजनिक गरेका छन् ।

गायक सुनिल मगरले तिहारको अवसर पारेर ‘छातीभरि देश बोकी’ बोलको गीत सार्वजनिक गरेका हुन् । मगरको स्वर रहेको उक्त गीतमा महेश पौडेलको शब्द सिर्जना रहेको छ भने विनय केटुले संगीत सिर्जना गरेका छन् ।

कामको सिलसिलामा विदेशिएका नेपालीहरुले आफ्नो मातृभूमीलाई देखाएको मायालाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।

भुपेन्द्र रिखिम मगरको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा जनक थापा मगर, कञ्चन राई, टेक रसाइली र रेक्स मगरलाई फिचरिङ छन् । बबिन तामाङको छायाँकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

गीत सार्वजनिक भएपछि राम्रो प्रतिक्रिया पाएकोमा गायक मगर दंग छन् । गायक मगर यसलगत्तै अन्य नयाँ गीतहरु पनि सार्वजनिक गर्ने तयारीमा छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...