‘कांग्रेस कहाँ गयो भनेर खोज्दै थिएँ, आज बल्ल भेट्ने मौका मिल्यो’

Jhalnath khanal e6zvw0qjf4

काठमाडौं । नेपाली कांग्रेस अहिले व्यवस्थित बनेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले प्रशंसा गरेका छन् ।

नेपाली कांग्रेसले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले पहिले भद्रगोल रहेको कांग्रेस अहिले व्यवस्थित देखिएको बताएको हो ।

‘नेपालको राष्ट्रिय राजनीतिमा मैले नेपाली कांग्रेस कहाँ गयो भनेर खोज्दै थिएँ, आज बल्ल चियापानमा कांग्रेसलाई भेट्ने मौका मिल्यो,’ उनले भने, ‘तर अहिले कांग्रेस पहिलेको भन्दा निकै व्यवस्थित बनेको मैले पाएँ ।’

अब देशलाई समृद्ध बनाउनुको कुनै विकल्प नरहेको भन्दै उनले त्यसका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एक भएर देशलाई सपार्न लाग्नुपर्ने बताए ।

‘अहिले हाम्रो पार्टी एकीकृत हुँदै छ,’ उनले भने, ‘एकीकृत भइसकेपछि सरकारले गति लिन्छ । देश समृद्ध बन्छ ।’

पार्टीभित्र कुनै पनि बेमेल नरहेको भन्दै उनले पार्टी एकीकृत गर्न थोरै समय मात्रै लागेको बताए । दुई तिहाइको सरकारले जति गर्नुपर्थ्यो त्यो अलि गर्न नसकेको भन्दै उनले अब पार्टी एकीकृत भएपछि सरकारको कामले पनि गति लिने दावी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...