मतदाताबाटै जनप्रतिनिधि असुरक्षित भएपछि नगरपालिका कार्यालय सारिँदै

Pacharauta

काठमाडाै‌ । असुरक्षित भएको जनाउँदै बाराको पचरौता नगरपालिकाका जनप्रतिनिधिले कार्यालय सार्ने निर्णय गरेका छन् ।

शुक्रबार बसेको कार्यपालिका बोर्डको बैठकले कार्यालय सार्ने निर्णय गरेको हो । स्थानीय बासिन्दाबाटै असुरक्षा महसुस भएपछि नगरपालिका कार्यालय सार्ने निर्णय गरिएको मेयर रमेशकुमार यादवले बताए ।

कार्यालय सञ्चालन गर्न नै समस्या देखिएपछि सार्ने निर्णय गर्नुपरेको मेयर यादवको भनाइ छ । ‘स्थानीय बासिन्दाबाट थ्रेट आयो, जतिवेला पनि आक्रमण हुन सक्ने भएपछि कार्यालय सार्ने निर्णयमा पुगेका हौँ,’ उनले भने ।

अहिले पचरौता नगरपालिकाको कार्यालय वडा नम्बर ७ बेनौलीमा छ । नगरपालिकाले त्यहाँबाट तीन किलोमिटर दक्षिण–पश्चिमको वडा नम्बर ६ पकडियामा सार्ने निर्णय गरेको हो ।

अहिले कार्यालय रहेको स्थान भारतसँगको सीमा क्षेत्रबाट तीन किलोमिटर दूरीमा छ । कार्यालय सार्ने नयाँ स्थान पनि सीमानजिकै पर्छ । त्यहाँबाट तीन किलोमिटरको दूरीमा इलाका प्रहरी कार्यालय रहेको छ ।

बारा जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा असुरक्षित रहेको जनाउँदै लिखित पत्र पठाउँदासमेत वास्ता नगरिएको मेयर यादवको भनाइ छ । ‘प्रशासनले बेवास्ता ग¥यो, त्यसैले सुरक्षित ठाउँमा जान खोजेका हौँ,’ उनले भने ।

आज सार्ने तयारी
पचरौता नगरपालिकाले शुक्रबार निर्णय गरे पनि शनिबार भने सार्वजनिक बिदाका कारण कार्यालय बन्द रह्यो  ।

आइतबार सार्ने तयारी गरिएको जनाइएको छ । बनौलीका बासिन्दा भने कार्यालय सार्न नदिने सुरमा छन् । कार्यालय सार्दा तनाव हुन सक्ने स्थानीय बुद्धिजीवीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...