स्थगित कर्णाली प्रदेशसभा बैठक सञ्चालनमा सहमति

Pradesh 6 parliament xkjekfqrpx

सुर्खेत । स्थगित कर्णाली प्रदेशसभाको बैठक आइतबारदेखि सञ्चालन हुने भएको छ ।

प्रदेशसभा सचिवालयमा शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार र प्रतिपक्षी दलबीच बैठक सञ्चालनका विषयमा सहमति जुटेको हो ।

प्रदेशसभाको असोज २३ र २६ गतेको बैठकमा काङग्रेसले चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै अवरोध गरेको थियो । संसद् बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

सभामुख राजबहादुर शाहीले आजको बैठकमा सरकारले संसद्लाई रातो किताब उपलब्ध गराउने, प्रदेशसभा र सरकारका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधयेक ल्याउन भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीले धारणा राख्ने कार्यसूची तय भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...