उर्जा मन्त्री पुन र सर्वियाका उपप्रधानमन्त्रीबीच भेटवार्ता, नेपालको उर्जामा लगानी गर्न आग्रह

बर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिक

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भेटवार्ता भएको छ । युरो–एसिया इनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका उर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच शनिवार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा द्धिपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुवै देशको बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमा समेत कुराकानी भएको थियो । मन्त्री पुनले गत मे मा उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रती नेपाल सरकार, परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद समेत व्यक्त गरेका थिए ।

उनले दुवै देशको सम्बन्ध मजवुत बनाउन उच्चस्तरीय भ्रमणको आदान प्रदानमा जोड दिनुपर्ने धारणा राखे । मन्त्री पुनले भने ‘हामी पुराना सहयात्री मुलुक पनि हौं, नेपाल र सर्वियाको द्धन्द्ध र शान्तीको झण्डै उस्तै–उस्तै अनुभव छ, आगामी दिनमा विश्वमंचमा समेत साझा धारणा बनाएर अघि बढौं।’

नेपाल लामो समय द्धन्द्धमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायीत्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजवुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको जानकारी सर्वियाली उपप्रधानमन्त्रीलाई दिएका थिए ।

जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसँगको सम्बन्ध मजवुत बनाउन सर्विया ईच्छुक रहेको भन्दै नेपालमा लगानीको लागी आफुले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागी वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले इनर्जी फोरममा नेपालले सहभागीता जनाउनुले पनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजवुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुवै देशको बिचमा थप सहकार्य हुने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...