नेकपाको प्रवत्तामा श्रेष्ठ कायमै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । योसँगै अब श्रेष्ठ नै नेकपाको प्रवक्ता कायम हुनेछन् ।
सोमबार बसेको सचिवालयको बैठकले पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै नेता श्रेष्ठले तीन महिनाअघि प्रवक्ता पदबाट दिएको राजीनामा अस्वीकृत गरेको हो ।
गत साउनमा अनशनरत डा. गोविन्द केसीलाई भेटर उनको आन्दोलनमा समर्थन जनाएको भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टिकरण लिएपछि श्रेष्ठले तत्कालै प्रवक्ता पदबाट राजिनामा दिएका थिए ।
प्रतिकृया दिनुहोस