काङ्ग्रेसले टुङ्यायो वडामा रहने समिति संख्या, वडामा ४१ जना रहने

Congress

काठमाडौं । नेपाली काङ्ग्रेसभित्र सङ्गठन बिस्तार र स्थानीय तह गठन गर्न नसकेको भनी आलोचना भइरहेका बेल्ला वडामा बन्ने कार्यसमिति संख्या टुंगो लगाएको छ ।

यसअघि काङ्ग्रेसले वडा तहमा कति सदस्यीय कार्यसमिति सदस्य राख्ने भन्ने टुंगो नलगाउदा पार्टी नेतृत्वको तिव्र आलोचना हुँदै आएको थियो ।

तर, शनिबार बसेको बिधान मस्यौदा गर्न गठित समितिको बैठकले गाउँपालिका, नगर, उपमहानगर र महानगरका वडाका कार्यसमिति सदस्य संख्याको टुंगो लगाएको छ ।

आज बसेको बैठकले गाउँपालिका र नगरपालिकामा ३१ सदस्य वडा कार्यसमिति बन्ने निर्णय गरेको छ । त्यसैगरी उपमहानगरका वडा कार्यसमितिमा ४० र महानगरका वडामा ४१ सदस्यीय कार्यसमिति बन्ने छ ।

समिति सदस्य दिलेन्द्रप्रसाद बढुका अनुसार अब क्षेत्रीय प्रतिनिधि चयन गरिदा गाउँपालिकाका वडाबाट १५, नगरपालिकाका वडाबाट १६, उपमहानगरका वडाबाट १७ र महानगरका वडाबाट १८ जना चयन हुनेछन् ।

अबदेखि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि बन्न अनिवार्य नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्य बनेको हुनुपर्ने व्यबस्था गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...