केन्द्र सरकारको निर्णय उल्ट्याउँदै प्रदेश ३ ले गर्यो आफूखुसी निर्णय

333333

काठमाडौं । केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक-एकवटा मात्र राख्ने निर्णय गरेको छ ।

उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आपत्ति जनाएको छ ।

केही दिनअघि प्रदेश ३ को मन्त्रीपरिषद बैठकले मकवानपुर र सिन्धुलीमा दुई-दुईवटा डिभिजन वन राख्ने गरी करिब तीन महिनाअघि पारित ओएन्डएम भत्काउँदै एक-एकवटा मात्र राख्ने र बढी कर्मचारी केन्द्रमै फिर्ता गरिदिने निर्णय गरेको थियो ।

प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उक्त निर्णय संघीय मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...