सरकार विरुद्ध वैद्य माओवादीद्वारा काठमाडौंमा ‘कालो मार्चपास’

Baidtya

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) ले सरकार विरुद्ध काठमाडौंमा मार्चपास गरेको छ । पार्टीको बैधानिक मोर्चा जनगणतान्त्रिक मोर्चाको अगुवाइमा मार्चपास गरिएको हो ।

नेपालको नक्सामा कालापानी हटाइएको, जनताको ढाड सेक्ने गरी कर वृद्धि गरिएको, बलात्कार, हत्या, कालाबजारी, बढ्दो महँगी नियन्त्रण गर्न नसकेको, गैरन्यायिक सडक विस्तार, राष्ट्रघाति नागरिकता विधेयक लगायतका विरुद्ध ‘कालो मार्च पास’ गरिएको क्रान्तिकारी माओवादीका नेताहरुले जनाएका छन् ।

मार्चपासको नेतृत्व जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपि गजुरेलले गरेका थिए । रत्नपार्क शान्तिबाटिकादेखि भृकुटीमण्डपसम्म मार्चपास गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...