कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, यस्ता छन् एजेण्डा

Congress party office

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक सुरु भएको छ । नेपाल विद्यार्थी संघको विधान, पार्टीको विधान र मुलुकको समसामयिक परिस्थितिबारे छलफल गर्न कांग्रेस केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठक नेपाल विद्यार्थी संघको विधान, पार्टीको विधान र मुलुकको समसामयिक परिस्थितिबारे छलफल गर्न केन्द्रित रहेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

विधानको विषयलाई लिएर भातृ संगठन नेपाल विद्यार्थी संघभित्र विवाद देखिएको छ । सोही विवादलाई समाधान गर्न बैठक बोलाइएको हो । बैठकमा पार्टीको विधान मस्यौदा समितिले आफ्नो कामको प्रगति विवरण पनि पेश गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...