संसद सरकारको छायाँमा पर्दैनः सभामुख महरा

Krishna mahara

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद सरकारको छायाँमा नपर्ने बताए । उनले सरकारको विरोध गर्ने स्थान संसद् नरहेको समेत बताए ।

संसदीय मामिला पत्रकारितासम्बन्धी सङ्घस्तरीय अन्तरक्रियालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै सभामुख महराले संसद् सबै भावना र विचारलाई मुखरित हुने सर्वेच्च स्थान हो, संसद्लाई बलियो बनाउन आफ्नो प्रयत्न जारी रहेको समेत बताए ।

देश र जनतालाई केन्द्रविन्दु बनाएर पत्रकारिता गरे लोकतन्त्र बलियो हुने बताए । उनले भने, “लोकतन्त्र बलियो भए मात्र पत्रकारिता अझ बलियो हुन्छ । अब पत्रकारिताको ध्येय देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ ।”

प्रतिनिधिसभाका सचिव डा.भरत गौतम र प्रवक्ता डा.रोजनाथ पाण्डेले संसद् सचिवालयका गतिविधिमाथि जानकारी दिएका थिए । संसदीय मामिला पत्रकार समाज नेपालद्वारा आयोजित सो कार्यक्रम आईतबारसम्म जारी रहनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...