महिलामाथि कुकर्म गर्नेविरुद्ध निगरानी राख्न आवश्यकः नेपाल

Madhav kumar nepal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न सामाजिक अभियान थाल्नुपर्नेमा जोड दिएका छन् । मुलुकमा महिला र बालबालिकामाथि हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढदै गईरहेका बेला सत्तारुढ दलका वरिष्ठ नेता नेपालले त्यस्ता घटना हुन नदिन सामाजिक अभियान संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।

शनिबार दसैं, तिहार, नेपाल संवत र छठको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराए ।

स्थानीय सरकारले सडक पिच, पीउने पानी र हरियाली निर्माणको कामलाई उच्च प्राथमिकता दिनुपर्ने बरिष्ठ नेता नेपालको भनाई छ । वरिष्ठ नेता नेपालले जनताको समृद्धिको चाहनालाई पूरा गर्न सबैले एकतावद्ध भएर काम गर्नुपर्ने पनि स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...